मनकारी कांग्रेस नेतृ : जसले विकट गाउँका आठ स्वास्थ्य संस्था पुगेर ‘स्ट्रेचर’ बाडिन

- bolichali
७ माघ २०७८, शुक्रबार
दोलखा कांग्रेसकी नेतृ छिरिङ डोल्मा शेर्पाले जिल्लाको विकट विगु गाउँपालिकाका ८ ओटा स्वास्थ्य चौकीहरुमा पुगेर व्यक्तिगत खर्चमा ‘स्ट्रेचर’ बाडेकी छिन्।
सोही गाउँपालिकाको वडा नं १ लामावगरकी स्थायी बासिन्दा छिरिङले आफ्नो पालिकाका सबै वडा पुग्ने र स्वास्थ्य संस्थाको अवस्था बुझ्ने कार्यक्रम बनाएर गाउँ पसेकी थिईन्।
छिरिङ दोलखा कांग्रेसकि केन्द्रीय महाधिवेशन प्रतिनिधि हुन्।
छिरिङले आफ्नो गाउँपालिकाको लामावगर, ओराङ, बुलुङ, लादुक, चिलंखा, आलम्पु, विगु र खोपाचागु स्वास्थ्य चौकीलाई एक एक थान स्ट्रेचर हस्तान्तरण गरिन्। बिरामी बोक्न मिल्ने फोल्डिङ वाला स्ट्रेचर विशेष खालको छ।
यस्तै उनले गौरीशंकर मावि जगतका ५ सय बिद्यार्थीलाई कटनको ‘वासेबल’ मास्क समेत वितरण गरेकी थिईन्।
२०१९ कि पर्यटन सुन्दरी साथै पर्यटन सद्भावना दुत समेत रहेकी छिरिङले लप्ची मार्गमा पदयात्रा समेत गरेकी थिईन्। लप्ची क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि स्थानीय संगै १५ दिन पदयात्रा गरेको उनले सुनाईन्।
गाउँ यात्रा गर्दा नागरिक संग अन्तरक्रिया गर्दै हिड्दा गाउँका समस्या नजिकबाट बुझ्ने अवसर मिलेको उनले आफ्नो अनुभव सुनाईन ।


















Leave a Reply