तरुण दल नेता कर्मा शेर्पा दाेलखा कांग्रेसकाे जिल्ला समिति सदस्य मनाेनित

- bolichali

१६ पुष २०७८, शुक्रबार

शुक्रबार चरिकोटमा भएकाे जिल्ला कार्य समिति बैठकमा पार्टीका जिल्ला सभापति बर्मा लामाले शेर्पा सहित १२ जना नेतालाई जिल्ला कार्य समिति सदस्य प्रस्ताव गरेका थिए ।

तरुण दल दाेलखाका नेता एवम् युवा समाजसेवी कर्मा शेर्पा नेपाली कांग्रेस दाेलखाकाे जिल्ला कार्य समिति सदस्य मनाेनित भएका छन् ।
भीमेश्वर नगरपालिका ७ का स्थायी बासिन्दा रहेका तरुण दल दाेलखाका नेता शेर्पा नेपाली कांग्रेस दाेलखाकाे जिल्ला कार्य समिति सदस्य मनाेनित भएका हुन् ।

तरुण दलमा सक्रिय शेर्पा सामाजिक सेवामा समेत सक्रिय छन् ।

यसै बिच शुक्रबारकै बैठकबाट पार्टीको काेषाध्यक्षमा राजेश कुमार श्रेष्ठ मनाेनित भएका छन् ।

शुक्रबार चरिकोटमा सम्पन्न तेस्रो कार्य समिति बैठकमा सभापति बर्मा लामाको प्रस्तावमा श्रेष्ठ काेषाध्यक्षमा मनाेनित भएका हुन् ।

अन्य पदाधिकारी निर्वाचनद्वारा चयन भए पनि कांग्रेस बिधानमा काेषाध्यक्ष पद सभापतिकाे प्रस्तावमा कार्य समिति निर्वाचित कार्य समिति सदस्यहरू मध्येबाट जिल्ला कार्य समिति बैठकले मनाेनित गर्ने व्यवस्था छ ।

भीमेश्वर नगरपालिकाकाे भुगाेल काेटाबाट जिल्ला कार्य समिति सदस्य जितेका श्रेष्ठ गत जिल्ला अधिवेशनमा सर्वाधिक मत ल्याएर ‘म्यान अफ दि ईलेक्सन’ बनेका थिए । उनी दुई कार्यकाल भीमेश्वर नगर सभापति रहेका थिए ।

शुक्रबारकाे बैठकले १२ जना जिल्ला कार्य समिति सदस्य मनाेनित गरेकाे पार्टीका जिल्ला उपसभापति अर्जुन शिवाकोटीले जानकारी दिए ।

मनाेनित हुने सदस्यहरुमा युवा नेता कर्मा सहित पूर्व जिल्ला सचिव एवम् नेविसंघ पूर्व अध्यक्ष सन्तोष रिमाल, पूर्व नेविसंघका अर्का राकेश श्रेष्ठ, ट्रेड युनियन कांग्रेसका जिल्ला अध्यक्ष रामजी चाैलागाई, नेताहरु वासु दाहाल, रामराज शिवाकोटी, विदुर पाेखरेल, गाेपाल तिमल्सिना, नविना श्रेष्ठ, लाेकराज पाठक, देवराज खत्री र यमबिक्रम कार्की छन् ।

यस अघि वैधानिक व्यवस्था अनुसार जिल्ला सभापतिका निकटतम प्रत्यासी तारा कुमार खड्का स्वत जिल्ला सदस्य भईसकका छन ।

टिप्पणी लेख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समाचार

न्युयोर्ककाे पुरानाे राजनितीक संस्था अमेरिकी डेमोक्रेटिक क्लबकाे उपाध्यक्ष बने नेपाली...

थप पढ्नुहोस्

युवा व्यवसायी सुदिप घिमिरेको नेतृत्वमा यस्तो बन्यो ‘क्यान’ दोलखाको नयाँ...

थप पढ्नुहोस्

अमेरिकाको न्युयोर्क सहरका मेयर र नेपालका ६ नगर प्रमुखबिच ‘भर्चुअल’...

थप पढ्नुहोस्

‘एमालेका केही नेताको अत्याचारले नागरिकमा निराशा छ, गठबन्धनले सानदार मतका...

थप पढ्नुहोस्

अमेरिकाको न्युयोर्क शहरसंग भगिनी सम्बन्ध जोड्ने भीमेश्वर नगरको तयारी

थप पढ्नुहोस्

डेङ्गुले च्यापेपछि कांग्रेस नेता जिपछिरिङ लामा अस्पताल भर्ना

थप पढ्नुहोस्

मिटरब्याज पिडित खाेज्दै दाेलखा प्रहरी

थप पढ्नुहोस्

निवर्तमान एमाले सांसद रेखाको ‘फ्ल्याट’बाट दोलखा प्रहरीद्धारा मिटरब्याजी कार्की पक्राउ

थप पढ्नुहोस्

उद्वब काफ्लेकाे अध्यक्षतामा देवी न्याैपाने स्मृति प्रतिष्ठान गठन

थप पढ्नुहोस्

दाेलखा एमालेका ३ समानुपातिक महिला सांसद : जाे यसपटक प्रत्यक्षमा...

थप पढ्नुहोस्